शनिबार, जेठ ५, २०८१

एसीसी इमर्जिङ टिम्स कप क्रिकेटका लागि नेपाली टोली घोषणा

करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ल टिमबाट बाहिर

मेरोन्यूज २०८० असार २२ गते २०:३८

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी इमर्जिङ टिम्स कप क्रिकेटका लागि नेपाली टोली घोषणा गरेको छ। श्रीलंकामा हुने इमर्जिङ टिम्स कपका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो।

Advertisement

नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो।

टिमबाट करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ल भने बाहिरिएका छन् भन कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो टिममै छन्।

इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् भने समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन्।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छ।

प्रतिक्रिया