शनिबार, जेठ ५, २०८१

गुल्शन भन्छन् : एसइई दिएकै छैन, ’रिजेल्ट’ कसरी आयो ?

मेरोन्यूज २०८० असार २२ गते १७:३७

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुल्शन झाले आफूले एसइई परिक्षा नै नदिएको बताएका छन्।

Advertisement

जिम्बावेमा विश्वकप छनोट प्रतियोगिता खेलेर शुक्रबार स्वदेश फर्केका झले विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा सो कुरा बताएका हुन्।

बिहीबार सार्वजनिक भएको राष्ट्रिय परिक्षा बोर्डको नतिजा पछि सामाजिक सञ्जालमा गुल्शनले एसइई उत्तीर्ण गरेको भन्ने नतिजाफल ‘भाइरल’ भएको थियो।

उनले ३.६० जीपीए ल्याएको भन्दै सामाजिक सञ्जालमा पोष्ट सार्वजनिक भएपछि धेरैले बधाई दिएका थिए ।

प्रतिक्रिया