शनिबार, जेठ ५, २०८१

सन्दीप र दीपेन्द्रले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने

मेरोन्यूज २०८० असार २२ गते १४:३५

काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन्।

Advertisement

दुवै जना क्यानडाको ग्लोबल टी-२० लिग खेल्न जाने भएका कारण श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स कप गुमाउने भएका हुन्।

एसीसी इमर्जिङ टिम्स कपमा नेपालको समूहमा भारत ए, पाकिस्तान ए र यूएई छन् । अर्को समूहमा अफगानिस्तान ए, बंगलादेश ए, श्रीलंका ए र ओमान रहेका छन् ।

एसिया कप आगामी जुलाई २३ देखि २० गतेसम्म श्रीलंकामा हुँदैछ।

प्रतिक्रिया