सोमबार, जेठ ७, २०८१

क्यान महानिर्देशक अधिकारीलाई मन्त्री किरातीले सोधे दोस्रो स्पष्टीकरण

मेरोन्यूज २०८० असार २१ गते १२:००

काठमाडौँ । संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधेका छन् ।

Advertisement

मन्त्री किरातीले २० असारमा दोस्रो स्पष्टीकरण सोध्दै तीन दिनभित्र जवाफ पठाउन भनेका छन् ।

यसअघि गत असार ११ गते किरातीले अधिकारीलाई एक हप्ताको समय दिँदै सोधेको ९ बुँदै स्पष्टीकरणको जवाफ महानिर्देशक अधिकारीले नदिएपछि मन्त्री किरातीले स्पष्टीकरण माग गर्दै अर्को पत्र पठाएका हुन् ।

महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए ।

तर, महानिर्देशक अधिकारीले स्पष्टीकरणको जवाफ नदिने बताउँदै आएका छन् ।

जवाफ नदिएपछि रुष्ट बनेका मन्त्री किराती अधिकारीमाथि कारबाही अघि बढाउने मुडमा पुगेका छन् । ३ दिने स्पष्टीकरणको पनि जवाफ नदिए २४ घण्टे स्पष्टीकरण सोधेर अधिकारीलाई बर्खास्त गर्ने मन्त्रीको तयारी छ ।

यस्तो छ स्पष्टीकरण पत्र

प्रतिक्रिया