सोमबार, जेठ ७, २०८१

काठमाडौंकाे सिडीओमा जितेन्द्र बस्नेत

मेरोन्यूज २०८० असार २० गते १३:२४

काठमाडौं । काठमाडौँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)मा जितेन्द्र बस्नेत नियुक्त भएका छन् ।

Advertisement

गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता रहेका सहसचिव बस्नेतलाई मन्त्रालयले सिडीओमा नियु्क्त गरेकाे हो ।

उनले यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकका रुपमा काम गरिसकेका छन्।

त्यस्तै उनले गोरखा, चितवन र पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् । बस्नेतले प्र.म कार्यालय र भुकम्प प्राधिकरण कार्यालय सहसचिवकाे रुपमा पनि काम गरिसकेका छन् ।

प्रतिक्रिया