शनिबार, जेठ ५, २०८१

एसीसी यू १६ इस्ट जोन कपको उपाधिमा नेपालको ह्याट्रिक

मेरोन्यूज २०८० असार १९ गते ११:४१

काठमाडौँ । नरेन भट्टको शानदार शतक र अभिशेख तिवारीको उत्कृष्ट बलिङमा नेपालले एसीसी यू १६ इस्ट जोन कपको उपाधिमा ह्याट्रिक गरेको छ ।

Advertisement

मलेसियामा सम्पन्न खेलमा नेपालले २२२ रनको विशाल जितसहित उपाधि उचालेको हो । घरेलु टोलीलाई नेपालले २५३ रनको लक्ष्य दिएको थियो ।

मलेसिया १४.५ ओभरमा ३१ रन मात्रै जोड्दै अलआउट भएको हो । नेपालका लागि अभिशेख तिवारीले ५ विकेट लिए । ६ ओभर बलिङ गरेका उनले जम्मा ७ रन मात्रै दिए ।

यस्तै, सन्तोष यादवले ३ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिए । सागर गैरेले ५ ओभरमा १३ रन दिएर १ विकेट लिए । अशोक धामीले १ विकेट लिए ।

नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित रहँदै ११२ रन बनाए । यस्तै निरज यादवले ४७ रन बनाउँदा सूर्यांशु कोइरालाले १८ रन बनाए ।

यसअघि एसीसी यू १६ इस्टर्न रिजनको उपाधि नेपालले २०१७ र २०१९ मा लगातार जितेको थियो ।

प्रतिक्रिया