शनिबार, जेठ ५, २०८१

सातौँ स्थानका लागि नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दै

मेरोन्यूज २०८० असार १९ गते ७:३४

काठमाडौँ । जिम्बाब्वेमा जारी आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफका लागि नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

Advertisement

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालका लागि आज मंगलबार टेष्ट राष्ट्र आयरल्याण्डविरुद्धको खेल यो प्रतियोगितामा अन्तिम हुने छ । खेल नेपाली समयअनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ ।

नेपालले जारी विश्वकप छनोटमा तेस्रो पटक टेष्ट मान्यता टोलीसँग खेल्ने भएको हो । यो खेल नेपालका लागि महत्वपूर्ण अवसर हो ।

समूह ‘ए’मा रहेको नेपालले यसअघि घरेलु टोली जिम्बाब्वे र दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजसँग खेलिसकेको छ । दुवै खेलमा नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया