शनिबार, जेठ ५, २०८१

एसिसी यू १६ इस्ट जोन कप: उपाधि चुम्न मलेसियासँग भिड्दै नेपाल

मेरोन्यूज २०८० असार १९ गते ६:२९

काठमाडौँ । आज नेपाल र मलेसियाबीच क्रिकेट प्रतिस्पर्धा हुँदै छ । एसिसी यू १६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्ने भएको हो ।

Advertisement

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा फाइनल खेल हुनेछ । नेपाली समयअनुसार बिहान ७ः१५ बजेबाट खेल सुरु हुने भएको हो ।

नेपालले यसअघि दुई वटा उपाधी हासिल गरिसकेको छ । आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ ।

यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो । हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

प्रतिक्रिया