शनिबार, जेठ ५, २०८१

नेपाल यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनल प्रवेश

मेरोन्यूज २०८० असार १८ गते १२:४०


काठमाडौँ । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । नेपाल सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

Advertisement

मलेसियामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । जवाफमा सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।

नेपालले मंगलबार हुने फाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । सोमबार भएको अर्को खेलमा मलेसियाले हङकङलाई ७८ रनले पराजित गर्‍यो ।

नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

कोइरालाले ४३ र निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।

प्रतिक्रिया