शनिबार, जेठ ५, २०८१

एसीसी यू–१६ मा नेपालले सिंगापुरलाई दियो १८५ रनको लक्ष्य

मेरोन्यूज २०८० असार १८ गते १०:१८

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।

Advertisement

मलेसियको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनायो ।

नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

कोइरालाले ४३ र निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।

प्रतिक्रिया