मंगलबार, जेठ १, २०८१

पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

मेरोन्यूज २०८० असार १८ गते ७:४२

काठमाडौं । पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ।

Advertisement

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खसेपछि सडक अवरूद्ध सडक केही बेरअघिबाट सञ्चालनमा आएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता सुरेन्द्र विष्टले पहिरो पन्छाएपछि अहिले दुईतर्फी नै सवारी सञ्चालन भएको जानकारी दिए ।

पहिरोमा परी पल्टिएको ट्रकलाई सडक किनारामा राखिएको छ ।

आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो।

यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन्।

पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।

प्रतिक्रिया