शनिबार, जेठ ५, २०८१

संकटको अवस्थामा दीपेन्द्रले बनाए अर्धशतक

मेरोन्यूज २०८० असार १७ गते १९:३९

काठमाडौँ । आईसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन् । यूएईले दिएको १८२ रनको लक्ष्य पछ्याएको नेपालले सात विकेट गुमाइसकेको छ ।

Advertisement

यूएईविरुद्धको जवाफी ब्याटिङमा संकटमा परिसकेको नेपाली टिमलाई ऐरीले उद्धार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

उनले सम्हालिएर खेल्ने क्रममा ५५ बलमा ५० रन पूरा गरे । उनले दुई छक्का र चार चौका प्रहार गरे ।

अहिले उनलाई सन्दीप लामिछानेले साथ दिइरहेका छन् । सन्दीप आठ रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया