शनिबार, जेठ ५, २०८१

यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य

मेरोन्यूज २०८० असार १७ गते १६:२७

काठमाडौंं । विश्वकप क्रिकेट छनोटको प्ले अफ चरणको आइतबार भएको खेलमा संयुक्त नेपालले एक सय ८२ रनको लक्ष्य पाएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको यूएईले ४६.५ ओभरमा अलआउट हुँदै नेपाललाइ एक सय ८१ रनकाे लक्ष्य दिएकाे हाे ।

Advertisement

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए। नेपालका लागि प्रतिस जिसी, गुलशन झा र दिपेन्द्रसिंह एरीले व्यक्तिगत १/१ विकेट लिए।

यूएईका लागि कप्तान भ्रितिया अरबिन्दले सर्वाधिक ४४ लिए । त्यस्तै रोहन मुस्ताफाले ३५ र वसिल हमिदले २९ रनको योगदान दिए। ओपनर आर्यन शर्माले २८ रन लिए । र अन्यले भने दोहोरो स्कोर जाड्न सकेनन्।

प्रतिक्रिया