मंगलबार, जेठ १, २०८१

दार्चुलामा चितुवा मृत फेला

मेरोन्यूज २०८० असार १७ गते १६:१५

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–१ दानुगाड खोला किनारमा आज चितुवा मृत फेला परेको छ ।

Advertisement

स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीको टोली घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख प्रमानन्द कुँवरले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया