सोमबार, जेठ ७, २०८१

कुटपिटको विरोधमा कर्मचारीले ठप्प पारे सर्वोच्चसहित देशभरका अदालत

मेरोन्यूज २०८० असार १७ गते १२:०१

काठमाडौँ । ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि भएको कुटपिटको विरोधमा कर्मचारीहरुले सर्वोच्चसहित देशभरका अदालतमा कामकाज ठप्प पारेका छन् ।

Advertisement

अधिवक्ता अमिर लामिछानेले जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङलाई बुधबार अपराह्न कुटपिट गर्दा मुखमा चोट लागेको थियो।

त्यही कुटपिटको घटनाको विरोधमा आइतबार दिउँसो १ बजेसम्मलाई सर्वोच्चसहित देशभरका अदालतमा कर्मचारीहरुले ‘पेन डाउन’ गरेका छन् । जसका कारण अदालतमा कामकाज ठप्प भएको छ। इजलास बस्न सकेका छैनन् ।

सर्वोच्च अदालत नेपाल कर्मचारी युनियन अध्यक्ष नरेश कार्कीले घटनाको विरोधमा कामकाज ठप्प पारिएको जानकारी दिए ।

कर्मचारीले ‘पेन डाउन’ गरेपछि सर्वोच्च अदालतको इजलासमा सुनुवाइ पनि रोकिएको छ।

प्रतिक्रिया