शनिबार, जेठ ५, २०८१

विश्वकप छनोटको प्लेअफमा नेपाल र यूएईबीच प्रतिष्पर्धा हुँदै

मेरोन्यूज २०८० असार १७ गते ९:११

काठमाडौँ । जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको प्लेअफ खेलमा आज नेपाल र यूएईबीच प्रतिष्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार १२ः४५ बाट शुरू हुनेछ।

Advertisement

नेपाल र यूएई दुवै यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुन असफल भएका टोली हुन् । ‘सुपर सिक्स’ मा समेत नपुगी दुवै टोली बाहिरिएका हुन् ।

अब नेपाल र यूएईबीचको विजेताले सातौं स्थानका लागि आयरल्यान्ड विरुद्ध भिड्न पाउनेछ। पहिलो प्लेअफमा आयरल्यान्डले अमेरिकालाई पराजित गरेपछि सातौं स्थानको लागि भिड्ने मौका पाएको थियो।

यस्तै नेपाल र यूएईबीचको पराजित टोलीले भने नवौं स्थानको लागि अमेरिकाको सामना गर्नेछ।

यूएईको तुलनामा नेपाल बलियो देखिएको छ। नेपाल एकदिवसीय वरीयतामा १४औं स्थानमा छ भने यूएई १९औं स्थानमा छ।

पछिल्लो पाँच एकदिवसीय खेलमा पनि नेपालले दुई जित र तीन हार बेहोर्दा यूएईले पाँचै खेल हारेको छ।

प्रतिक्रिया