बिहीबार, वैशाख २०, २०८१

धनगढीमा दुई दिने युवा वैज्ञानिक सम्मेलन शुरु

मेरोन्यूज २०८० असार १५ गते २०:४४

काठमाडौँ । नविन खोज, अनुसन्धान र विकास भन्ने उद्धघोषका साथ दुई दिने युवा वैज्ञानिक सम्मेलन शुक्रबारदेखि धनगढीमा शुरु मएको छ ।

सम्मेलनमा रोवटिक्स फुटवल र यन्त्र रोवेटिक्स रेस सम्वन्धी प्रतिस्पर्धा भइरहेको छ । फुटवलमा ११ र रेसमा १६ टीमका बीचमा प्रतिस्पर्धा भइरहेको हो । दुई वटै विद्याका विजेता खेलाडीलाई पुरस्कार पनि दिइने भएको छ ।

प्रतियोगिताका लागि कैलाली कञ्चनपुर, बैतडी, बझाङ, दार्चुला लगायतका जिल्लाबाट आएका युवा तथा विद्यार्थी सहभागी छन् ।

युवा वैज्ञानिक सम्मेलनमा सुदूरपश्चिममा साथै सुर्खेत र काठमाडौबाट आएकाहरूले समेत विभिन्न खालका प्रदर्शनी र सिकाउने काम गरिरहेको मूल आयोजक सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतको प्रदेश युवा परिषदका सदस्य सचिव युवराज कुँवरले बताए ।

दुई दिने कार्यक्रममा उत्कृष्ट प्रदर्शनी गर्ने समूह वा व्यक्तीलाई एक लाख रुपियाँ पुरस्कार दिने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया