शनिबार, जेठ ५, २०८१

मलेसियालाई ८४ रनले हराउँदै नेपाल समूह विजेता

मेरोन्यूज २०८० असार १५ गते १२:४८

काठमाडौं । एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । शुक्रवार मलेसियामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसयालाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

Advertisement

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३०.५ ओभरमा ९९ रनमै अलआउट भयो ।

मलेसियाका मोहम्मद हैरिलले २५, मोहम्मद आलिफले १५ र आशिष लुहारले १२ रन बनाए । अरुले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जितसँगै नेपाली टोली समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएको घरेलु टोली मलेसिया भने उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।

नेपालले समूहगत चरणको दुबै खेलमा जित हासिल गर्‍यो । पहिलो खेलमा नेपालले थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो ।

प्रतिक्रिया