शनिबार, जेठ ५, २०८१

उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा रात्रिभोजको आयोजना

मेरोन्यूज २०८० असार १४ गते २०:१५

काठमाडौँ । चीनको भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तका सविच वाङ सिवहुइले आज आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् ।

Advertisement

उनको सम्मानमा होटल जिन जियाङमा रात्रिभोजको आयोजना गरिएको थियो । सो अवसरमा चिनियाँ कम्युष्टि पार्टीको सिचुवान प्रान्तका उच्च अधिकारी सहभागिता थिए ।

यसअघि उपप्रधानमन्त्री श्रेष्ठले आजै छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्र र १९ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको अवलोकन गरेका थिए ।

उनले शुक्रबार सिचुवान विश्वविद्यालयका पदाधिकारीसँग भेट र त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिने छन् ।

प्रतिक्रिया