शनिबार, जेठ ५, २०८१

ओलीले नेपाली क्रिकेट टिमसँग नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेट्ने

मेरोन्यूज २०८० असार १० गते ७:३८

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकदिवसीय विश्वकपको छनोट चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग नेपाल फर्केपछि सँगै खाना खानेगरी भेट्ने बताएका छन् ।

Advertisement

ओलीले नेपाली टोलीले खेलको परिणाम दिन नसके पनि मेहनत कमजोर नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन्, ‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम । नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला।’

ओलीले मेहनत जननी भएको र परिणाम शिशु भएको पनि फेसबुक स्ट्याटसमा उल्लेख गरेका छन् । कहिलेकाँही मेहनत गर्दागर्दै परिणाम आएन भनेर निराश हुन नहुने ओलीले उल्लेख गरेका छन् ।

‘मेहनत जननी हो भने परिणाम शीशु। कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन,’ ओलीले लेखेका छन् ।

एउटा असफलता यात्राको अन्त्य नभएको ओलीले बताएका छन् । ‘एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ,’ ओलीले लेखेका छन् ।

प्रतिक्रिया