शनिबार, जेठ ५, २०८१

नेपाल भारतसँग २-० गोलले पराजित, साफ च्याम्पियनबाट बाहिरियो

मेरोन्यूज २०८० असार ९ गते २१:३७

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा नेपालविरुद्ध भारतले २ गोलको जित निकालेको छ ।

Advertisement

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले ६१ औँ मिनेटमा पहिलो गोल खाएको थियो । भारतका लागि सुनिल क्षेत्रीले पहिलो गोल गरेका हुन् ।

त्यस्तै, ६९ औँ मिनेटमा भारतले अर्को गोल थपेको हो । सुनिल क्षेत्रीको प्रहार गोलकिपर किरण चेम्जोङले रोकेका थिए । तर, पोस्टको बारमा लागेर बाउन्स भएको बलमा नओरिम महेश सिंहले प्रहार गरी गोल गरेका हुन् ।

खेलमा पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिपमा पहिलो चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया