शनिबार, जेठ ५, २०८१

महत्त्वपूर्ण खेलमा नेपाल सात विकेटले पराजित, विश्वकप छनोट यात्रा टुंगियो

मेरोन्यूज २०८० असार ९ गते १८:२६

काठमाडौँ । विश्वकप छनोट खेलमा नेपाल नेदरल्याण्ड्ससँग सात विकेटले पराजित भएको छ । सुपर सिक्समा छनोट हुने महत्त्वपूर्ण खेलमा नेपाल पराजित भएको हो ।

Advertisement

नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २७.१ ओभर खेल्दै तीन विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका लागि सन्दीप लामिछाने दुई विकेट लिने भने गुल्सना झाले एक विकेट लिए ।

नेपालको ७ रन हुँदा ओपनर आशिफ शेखलाई शुन्यमै गुमाएको नेपालका ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेन । निरन्तर विकेट गुमाउने क्रममा नेपालले ४४.३ ओभरमा १६७ रन बनाउँदै अलआउट हुन पुग्यो ।

अन्तिम विकेटका रुपमा आउट भएका सन्दीप लामिछानेले २७ रन बनाए । नेपालका लागि कप्तान रोहितकुमार पोडेलले सर्वाधिक ३३ न बनाए ।

कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका लोगन भान बेकले सर्वाधिक चार विकेट लिए । बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट लिए ।

यो समूहबाट वेष्ट इण्डिज, जिम्बाब्वे र नेदरल्याण्ड्स सुपर सिक्समा पुग्दा नेपाल र अमेरिका बाहिरिएको छ ।

यसअघि नेदरल्याण्ड्ससँग भएको दुई खेलमा दुई देशले एक–एक जित निकालेको थियो । आजको महत्त्वपूर्ण खेलमा भने नेपाल पराजित भएको हो ।

प्रतिक्रिया