शनिबार, जेठ ५, २०८१

सन्दीप लामिछानेले लिए नेपालका लागि पहिलो विकेट

मेरोन्यूज २०८० असार ९ गते १७:२६

काठमाडौँ । विश्वकप छनोटमा नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको पहिलो विकेट खसेको छ ।

Advertisement

सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका छन् । उनले ३० रनमा क्रिजमा रहेका विक्रमजित सिंहलाई एलबीडब्लु धरापमा पारेका हुन् ।

पावर प्लेमा विना विकेटको क्षतिमा ८६ रन बनाएको नेदरल्याण्ड्सका म्याक्सवेल ओ’डाउडले अर्धशतक पूरा गरेका छन् । १२ औं ओभरको चौथो बलमा ललित राजवंशीलाई छक्का हान्दै उनले ३० बलमा ५० रन बनाएका हुन् ।

प्रतिक्रिया