शनिबार, जेठ ५, २०८१

नेपालले नेदरल्याण्ड्सलाई दियो झिनो रनको लक्ष्य

मेरोन्यूज २०८० असार ९ गते १६:०२
फाइल फोटो

काठमाडौँ । विश्वकप छनोटमा सुपर सिक्समा पुग्न जित्नै पर्ने खेलमा नेपाल नेदरल्याण्ड्सविरुद्ध अल आउट भएको छ ।

Advertisement

लगातार विकेट गुमाएको नेपालले १६८ रनको झिनो लक्ष्य दिएको छ । ४४.३ ओभर खेल्दै नेपालले १६७ रन मात्रै बनाएको हो ।

खेलको सुरुवातमै ओपनर आशिफ शेखलाई शून्य रनमै आउट भए । त्यसपछि नेपालका कुनै पनि खेलाडी राम्रो रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन मात्रै बनाए । सन्दीप लामिछानेले २७, कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५मा आउट भए ।

यस्तै, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाउँदा आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए ।

लोगन भान बेकले सर्वाधिक चार विकेट लिए । बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट लिए ।

प्रतिक्रिया