शनिबार, जेठ ५, २०८१

अमेरिकी बलर फिलिप निलम्बित

मेरोन्यूज २०८० असार ८ गते १३:५४

काठमाडौं । अवैध बलिङ एक्सन प्रयोग गरेको भन्दै अमेरिकाका तीव्र गतिका बलर काइल फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बन गरिएको छ।

Advertisement

वेष्ट इन्डिजविरुद्धको खेलमा फिलिपले तीन विकेट लिएका थिए। तर खेलपछि म्याचका अधिकारी र क्यारेवियन टोलीले अमेरिकन खेलाडीविरुद्ध रिपोर्ट गरेका थिए। आईसीसीले यसबारेमा छानबिन गर्दा २६ वर्षीय फिलिपले अवैध बलिङ एक्सन प्रयोग गरेको पुष्टि गरेको थियो।

आइसिसी नियमको धारा ६।७ अनुसार फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट निलम्बन गरिएको छ। फिलिपले आफ्नो बलिङ एक्सनको पुनस् मूल्यांकन गर्ने आधार पेश नगरेसम्म निलम्बन कायम रहनेछ।

विश्वकप छनोटमा नेपाल, अमेरिका र वेष्ट इण्डिजसहित घरेलु टोली जिम्बाव्वे र नेदरल्याण्ड्स समूह ए मा छन् । अमेरिकाले समूहको आफ्नो अन्तिम खेल सोमबार घरेलु टोली जिम्बाव्वेसँग खेल्दैछ ।

प्रतिक्रिया