शनिबार, जेठ ५, २०८१

विश्वकप छनोट

नेपाल वेष्ट इण्डिजसँग फराकिलो रनले पराजित

मेरोन्यूज २०८० असार ७ गते २०:३९

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत नेपाल विश्व विजेता वेष्ट इण्डिजसँग पराजित भएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल १०१ रनले पराजित भएको हो

Advertisement

वेष्ट इण्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभर खेल्दै २३८ रनमा अल आउट भएको हो ।

वेस्ट इण्डिजको तीव्र बलिङअगाडि नेपाल सुरुदेखि नै दबाबमा थियो । कुशल भुर्तेल ५, भिम सार्की २ रनमै आउट भए ।

ओपनर आसिफ शेखले २८ रन बनाए । उनले ३६ बल खेलेर ३ चौका प्रहार गरे । कप्तान रोहित पौडेलले ३० रन जोडे । उनले ४३ बल खेली ३ चौका प्रहार गरे ।

कुशल मल्ल २ रनमै आउट भए । दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए । उनले २० बल खेली २ चौका र १ छक्का प्रहार गरे । आरिफ शेख र गुल्शन झाले सातौं विकेटमा ६८ रनको साझेदारी गर्दै दुई सय रनको नजिक पुर्‍याए । गुल्शनले ५८ बल खेलेर ५ चौका र १ छक्का प्रहार गर्दै ४२ रन बनाए । सन्दीप लामिछाने १ रनमै आउट भए ।

आसिफले ६३ रन जोडे । उनले ९३ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । करण केसी आउट हुने अन्तिम खेलाडी थिए । उनले २७ बल खेली ४ चौका र १ छक्कासहित २८ रन बनाए । ललित राजवंशी शून्य रनमा अविजित रहे ।

वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको थियो । कप्तान साई होप र निकोलस पुरनले शतक प्रहार गरे । यी दुई खेलाडीले चौथो विकेटमा २१६ रनको साझेदारी गरे । पुरनले १ सय १५ र होपले १ सय ३२ रन बनाए ।

ब्रेन्डन किंगलाई ३२ रनमा सन्दीपले बोल्ड गरेपछि वेस्ट इण्डिज १६ औं ओभरमा ५५–३ को स्थितिमा पुगेको थियो ।

नेपालबाट ललितले ३ विकेट लिए । खेलको पहिलो ओभर लिएर आएका उनले १० ओभरमा ५२ रन खर्चे । करण, गुल्शन, सन्दीप र दीपेन्द्रको नाममा १–१ विकेट लिए ।

प्रतिक्रिया