शनिबार, जेठ ५, २०८१

नेपालको ब्याटिङ कमजोर बन्यो, १२९ रन बनाउँदा छैटौँ विकेट खस्यो

मेरोन्यूज २०८० असार ७ गते १९:११

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको लक्ष्य पछ्याएको नेपालको ६ विकेट गएको छ ।

Advertisement

जिम्बाव्वेको हरारेस्थित खेल मैदानमा जारी खेलमा नेपालले २८.१ ओभरमा १२९ रन बनाएर खेलिरहेको छ ।

दुवै ओपनरहरू आसिफ सेख र कुशल भुर्तेल, मध्यक्रमका भरपर्दा ब्याटर भीम सार्की, कप्तान रोहितकुमार पौडेल र कुशल मल्ल, दीपेन्द्रसिंह एेरी आउट भइसकेका छन् ।

अहिले आरिफ सेख र गुल्सन झाले इनिङ सम्हालिरहेका छन् । नेपाललाई जितका लागि प्रतिओभर १० रन अवश्यक छ ।

प्रतिक्रिया