शनिबार, जेठ ५, २०८१

नेपालको खराब सुरुवात, पाँचौ ओभरमै गुम्यो दुई विकेट

मेरोन्यूज २०८० असार ७ गते १७:१७

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पाएको नेपालले खराब सुरुवात गरेको छ ।

Advertisement

नेपालका ओपनर कुशल मल्ल ५ रन बनाएर आउट भएका छन् । उनलाई १.४ ओभरमा जोसेप होल्डरले बोल्ड गरेका हुन् ।

उनी आउट भएपछि क्रिजमा गएका भीम सार्की २ रन मात्रै बनाएर आउट भएका छन् ।

प्रतिक्रिया