शनिबार, जेठ ५, २०८१

वेष्ट इण्डिजविरुद्ध नेपालले पायो ३४० रनको विशाल लक्ष्य

मेरोन्यूज २०८० असार ७ गते १६:२७

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपालले ३४० रनको विशाल लक्ष्य पाएको छ ।

Advertisement

वेष्ट इण्डिजविरुद्ध आक्रामक सुरुवात गरेको नेपालले विशाल लक्ष्य पाएको हो । जिम्बाव्वेको हरारेमा टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३३९ रन बनाएको हो ।

सुरुवातमै शीर्ष क्रमका तीन ब्याटम्यानलाई सस्तैमा आउट गरेको नेपाली बलर मध्यक्रमका व्याटम्यानलाई आउट गर्न विकेटका लागि संघर्ष गर्नु परेको थियो ।

नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा मायर्सले आउट हुँदा १ रन मात्र बनाउन सके ।

पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चाल्र्सलाई गुल्सन झाले आउट गरे । गुल्सनको पहिलो बलमै आउट भएका चाल्र्सले खाता खोल्न सकेनन् ।

यस्तै, सन्दीप लामिछानेले १५.३ ओभरमा तेस्रो विकेटका रुपमा ब्रेन्डन किङलाई आउट गरे । उनी ३२ रनमा आउट हुँदा लामिछानेले प्रतियोगितामा पहिलो विकेट लिए ।

त्यसपछि वेष्ट इण्डिजका कप्तान साइ होप र निकोलस पुरन दुवैले शतकीय पारी खेले । उनीहरूले चौथो विकेटका लागि २१६ रनको साझेदारी गरे ।

पुरन ११५ रन बनाएर आउट भए । ४७.१ ओभरमा ललित राजवंशीले वेष्ट इण्डिजको पाँचौं विकेटका रुपमा रोभमन पावेललाई आउट गराए ।

यस्तै, ४९.२ ओभरमा ललितले वेष्ट इण्डिजका कप्तान होपलाई १३२ रन आउट गराए ।

इनिङ्सको अन्तिम बलमा ललितले कीमो पाउललाई बोल्ड आउट गराउँदै तीन विकेट लिए ।

प्रतिक्रिया