शनिबार, जेठ ५, २०८१

कठिन मोडमा दिपेन्द्रले लिए विकेट, दुईपटक जीवनदान पाएका पुरनले बनाए ११५ रन

मेरोन्यूज २०८० असार ७ गते १६:०२

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपालले चौथो विकेट लिएको छ । वेष्ट इण्डिजविरुद्ध आक्रामक सुरुवात गरेको नेपालले कठिन अवस्थामा चौथो विकेट लिएको हो ।

Advertisement

खेलको ४४ ओभरमा बलिङ गरेका दिपेन्द्र सिंह ऐरीले मध्यक्रमका विष्फोटक ब्याटर निकोलस पुरनलाई आउट गरेका हुन् । उनी ९४ बल खेल्दै ११५ रन बनाएर आउट भएका हुन् ।

यसअघि पुरनले दुई पल्ट जीवनदान पाएका थिए । उनलाई आउट गर्न चुकेसँगै नेपाल कठिन मोडमा पुगेको थियो । १५.३ ओभरमा ब्रेण्डन किङ आउट भएसँगै क्रिजमा आएका निकोलस पुरन अर्को ओभरमा आउट हुनबाट मुस्किलले जोगिए ।

उनी तीन रन मात्रै बनाएर खेलिरहेका उनी १६.६ ओभरमा ललित राजवंशीको बल आउटसाइड एज लागेर विकेटकिपर आसिफ शेखको हातमा पुगेको थियो । तर, आसिफले त्यो बल समाउन नसक्दा क्याच मिस भयो ।

यस्तै, ३४.४ ओभरमा करण केसीको बल इनसाइड एज लागेको बल आसिफको हातमै पुगेको थियो । यसपल्ट पनि उनी आउट हुनबाट बचे ।

दुईपटक जीवनदान पाएका पुरनले ठूलो योगफल बनाएर आउट भएका हुन् ।

प्रतिक्रिया