शनिबार, जेठ ५, २०८१

वेस्ट इन्डिजविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

मेरोन्यूज २०८० असार ७ गते १२:१९

काठमाडौं । आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

Advertisement

कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डङ गर्ने निर्णय लिएका हुन् ।

आज टिममा अमेरिकाविरुद्ध खेलेको टिममा परिवर्तन गरिएको छैन ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा ३ असारमा घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको थियो ।

५ असारमा देखिएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । अमेरिकाविरुद्ध पहिला फिल्डङ गरेको नेपालले करण केसीको ४ विकेट सहयोगमा २०७ रनमा रोकेको थियो ।

जवाफमा भीम सार्कीले ७७ रनको अविजित पारी खेलेपछि नेपालले ४३ ओभरमै लक्ष्य भेट्टाएको थियो ।

नेपाल टिम

आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

प्रतिक्रिया