बुधबार, जेठ २, २०८१

कांग्रेसमा गगन, विश्वप्रकाशले उठाएका मुद्दा हुन्‍नन् कार्यान्वयन !

मेरोन्यूज २०८० असार ६ गते १२:५६


काठमाडौँ । नेपाली कांग्रेसमा सभापति पछिको शक्तिशाली पद हो महामन्त्री । महामन्त्रीमा १४ औँ महाधिवेशनमा दुई युवा नेता आएपछि केही परिवर्तन हुने आशामा थिए कांग्रेसका कार्यकर्ता र शुभचिन्तक ।

Advertisement

तर, उनीहरूको काम अहिले काम एजेण्डा उठाउने, कार्यान्वयन गर्न नसक्ने भएको छ ।

वैशाख २७ बिहान प्रहरीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई चावहिल मैजुवहालस्थित निवासबाट पक्राउ ग¥यो । पक्राउ लगत्तै त्यसैदिन र अर्को दिन बसेको कांग्रेस पदाधिकारी बैठकमा उपसभापति तथा वर्तमान गठबन्धन सरकारमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अनुसन्धानमा सहयोग पु¥याउन र पार्टीको छवि जोगाउन नेता खाणलाई निलम्बन गर्नु पर्ने धारणा एक स्वरमा राखे ।

त्यही बैठकमा सहमहामन्त्री महेन्द्र यादवसहित संस्थापन पक्षीय नेताहरूले पार्टीको पुरानो नजिर हेर्नु पर्ने खाणलाई कारबाही गर्न नहुने अड्डी कसे । त्यसपछि सभापति देउवाले खाणलाई आरोप मात्रै लागेको र प्रमाणित नहुँदासम्म कारबाही नगर्ने भनेर निर्णय भएको मिडियालाई सुनाउन अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलाई निर्देशन दिए । बाहिर मिडियामा त्यही अनुसारका समाचार आए ।

त्यसपछि पार्टीमा सभापतिपछिका कार्याकारी पद महामन्त्री दुवैले राखेको धारणा र त्यसमाथि उपसभापतिको पनि एक स्वर भएको धारणा कार्यान्वयन भएन ।

त्यत्तिमै सीमित नभएर महामन्त्रीद्वय थापा र शर्माले यो विषयमा सार्वजनिक रूपमा पार्टीको छवि बचाउन कारबाही गर्नु पर्ने धारणा राखिरहेका छन् ।

यतिमात्रै होइन, महामन्त्रीद्वय थापा र शर्माले उठाएका धेरै एजेण्डा कार्यान्वयनमा नआइ धारणामै सीमित भएका छन् ।

वर्तमान गठबन्धन सरकारमा मन्त्री सिफारिस गर्दा थापा र शर्माले युवा र समावेशितालाई महत्व दिनु पर्ने बताएका थिए । तर, सभापति देउवा र उनीहरूका नेता संस्थापन इतरका नेता डा. शेखर कोइरालाले पनि सुनेनन् ।

थापा र शर्माले युवाको रूपमा प्रदीप पौडेल तथा युवा र दलित पनि हुने भन्दै सहमहामन्त्री जीवन परियारलाई मन्त्री बनाउन सभापति देउवा र नेता डा. कोइरालालाई सिफारिस गरेका थिए । त्यस्तै पिछडिएको क्षेत्र र युवा पनि भन्दै सहमहामन्त्री बद्री पाण्डेको नाम पनि सिफारिस गरेका थिए ।

उनीहरूको सिफारिस न सभापति देउवाले सुने, न उनीहरूको समूहका नेता डा. कोइरालाले सुने । तीन जनामध्य कुनै पनि सांसद मन्त्री भएनन् । बरू डा. कोइरालाको सिफारिसमा उपसभापति धनराज गुरुङ र डिगबहादुर लिम्बू तथा राष्ट्रपति रामचन्द्र पौडेलको सिफारिस सुरेन्द्र आचार्य मन्त्री बने । बाँकी सबै देउवाले आफ्नो निर्णयमा मन्त्री बनाए ।

अर्को थापा र शर्माले पार्टीले १४ औँ महाधिवेशनमा नेतृत्व मात्रै चयन गरेको भन्दै नीति महाधिवेशन गर्नु पर्ने बताउँदै आएका छन् । तर, त्यस विषयमा संस्थापन र अन्य नेताहरू मौन छन् । महामन्त्रीद्वयले साउनमा नीति महाधिवेशन गर्नुपर्ने बताए पनि नेतृत्वले त्यसबारे कुनै प्रक्रिया सुर गरेको छैन ।

आफूहरूले उठाएका विषय कुनै पनि कार्यान्वयनमा नआएपछि उनीहरूले नेतृत्वलाई दबाब दिन ‘नेपाली कांग्रेस रुपान्तरण अभियान’ बनाएर युना नेताहरूलाई देश दौडाह पठाए । अभियानको देश दौडाह सकिए पनि यसले पनि नेतृत्वलाई कुनै असर भएको देखिएन ।

आफूहरू अघोषित संरक्षक भएर केन्द्रीय सदस्यद्वय डा. गोविन्द पोखरेल र मधु आचार्य तथा युवा नेताहरू गुरुराज घिमिरे, रञ्जित कर्ण, भुपेन्द्रजंग शाही, जगदिश्वरनरसिंह केसी तथा देवराज चालिसेलाई देश दौडाहमा उनन्ीहरूले पठाए । तर उनीहरूका यी विषय नेपाली कांग्रेसमा कत्ति पनि कार्यान्वयन भएका छैनन् ।

महामन्त्रीद्वय थापा र शर्मा मात्र होइन, यस अभियानमा पार्टी उपसभापति एवं वर्तमान गठबन्धन सरकारमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पनि साथ दिएका छन् । तर, उनीहरूले पार्टीमा शुद्धिकरणका लागि भन्दै उठाएका एजेण्डा कार्यान्वयन शून्य छ ।

थापा र शर्माको नेतृत्वमा पार्टी नेतृत्व परिवर्तन गर्नु पर्ने, ५ वर्षसम्म कुर्न नसकिने, विशेष महाधिवेशन भन्दै हस्ताक्षर संकलन भइरहेको छ । तर, त्यसको निर्णय प्रक्रियामा कति पनि देखिएको छैन । हुने सम्भावना पनि छैन । किनकि महाधिवेशनका लागि आवश्यक पर्ने संख्या महामन्त्रद्वियले पु¥याउन सक्ने सम्भावना अहिलेको परिस्थिति देखिन्न ।

प्रतिक्रिया