शनिबार, जेठ ५, २०८१

शतक बनाउन एक रनले चुके कुशल, ओपनिङमा नेपालको कीर्तिमानी साझेदारी

मेरोन्यूज २०८० असार ३ गते १४:४३

काठमाडौँ । नेपालले ओडीआई क्रिकेटमा पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको छ । जसमा कुशल भुर्तेलले ९९ रन प्रहार गरे ।

Advertisement

ओपनर भुर्तेलले ९५ बलमा ९९ रन बनाएर आउट भए । यस्तै आसिफले ९६ बलमा ६५ रन बनाएर खेलिरहेका छन् ।

विश्वकप छनोट खेलमा जिम्बाव्वेविरुद्धको ओपनर भुर्तेल र आसिफ शेखले १७१ रनको विशाल साझेदारी गरेका हुन् । ओपनिङमा नेपालका लागि अहिलेसम्मको यो सर्वाधिक साझेदारी रन हो ।

उनीहरूले यसअघि आफ्नै नाममा रहेको कीर्तिमान सुधार सुधार गरेका हुन् । यही जोडीले यसअघि २०२२ जुनमा लिग टु मा ओमानविरुद्ध अमेरिकामा ११४ रनको साझेदारी गरेका थिए ।

उनीहरूले कीर्तिमानी साझेदारी बनाउँदै गर्दा ३१.५ ओभरको खेल सकिँदा नेपालले १७१ रन बनाएका हुन् ।

प्रतिक्रिया