बुधबार, जेठ २, २०८१

समाजवादी मोर्चा निर्माण

बाबुरामसँग जुट्यो समझदारी, बामदेवसँग पनि छलफल हुने

माओवादी, जसपा, एकीकृत समाजवादी, नेकपा र नेसपाबीच मोर्चा निर्माणमा सहमति, नेकपा एकता अभियानलाई जोडने तयारी

मेरोन्यूज २०८० असार १ गते १३:२८

काठमाडौं । बृहत समाजवादी मोर्चा निर्माणका लागि नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई तयार भएका छन् । नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीक्ृत समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लवल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बीचमा समाजवादी मोर्चा बनाउने विषयमा सैद्धान्तिक सहमति जुटिसकेको छ ।

Advertisement

मोर्चामा सुरुमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि सहभागी हुने भनिएपनि केही दिन यता नेसपासाग सम्वाद नभएकोले नेकसपा मोर्चाबाट अलिक टाढा रहेको बताइएको थियो । तर शुक्रबार बिहान प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र डा बाबुराम भट्टराईका बीचमा भएको वार्ता सकारात्मक ढंगले टुंग्गिएपछि बाबुराम भट्टराई नेतृत्वको नेसपा पनि मोर्चामा सहभागी हुने टुंग्गिएको छ ।

यो सागै मोर्चा निर्माणका लागि ५ पार्टी तयार भएका छन् । बाबुराम भट्टराईले शुक्रवार बिहान प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि समाजवादी मोर्चा निर्माणमा समझदारी बनेको आफैले पुष्टि गरेका छन् । ’्रधनमन्त्रीसँगको भेटपछि भट्टराईले सामाजिक सन्जालमै लेखेका छन्,–‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी । बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह ।’

शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र बाबुराम भटटराईका बीचमा बालुवाटारमा भेटवार्ता

भट्टराई र प्रधानमन्त्रीका बीचको भेटवार्तामा मोर्चा निर्माण देखि प्रधानमन्त्रीको भारत भ्रमण, संघीय बजेट, टिआरसी लगायत शान्ति प्रक्रियाका बाँकी कार्यभार लगायतका विषयमा पन िछलफल भएको भट्टराईले बताएका छन् । प्रधानमन्त्रीको भारत भ्रमण यता भट्टराईसँग प्रचण्डको सम्वनध विग्रेको र समाजवादी मोर्चा निर्माणमा भट्टराई अलिक टाढा देखिन खोजेको चर्चा चलेको थियो ।

तर चुनाव अगाडी दुई पार्टी एकता सम्म गर्ने तयारीका साथ भट्टराईको पार्टीले चुनावमा माओवादीकै चुनाव चिच्ह्रमा चुनाव लडेको थियो । त्यसपछि एकतातिर भन्दा सम्वन्ध विग्रनेतिर गएको भनी चर्चा चलिरहेका बेला प्रधानमन्त्री र बाबुरामका बीचमा सम्वाद भएर समाजवादी मोर्चा निर्माणमा सँगै रहने समझदारी बनेको हो ।


यसअघि प्रचण्ड र भट्टराईबीच बिहीबार साँझ नै भेटवार्ता गर्ने तयारी थियो। तर प्रधानमन्त्री प्रचण्डको ब्यस्तताका कारण भट्टराई शुक्रबार बिहान प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगेका थिए ।


‘बाबुराम भट्टराईको पार्टी पनि समाजवादी मोर्चामा अव टाढा छैन, हामीसँगै हुन्छ, त्यो समझदारी शुक्रवार बिहानको छलफलबाट बनिसकेको छ,’’माओवादी केन्द्रका उपमहासचिव समेत रहेका प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलले भने ।

भट्टराईको पार्टीसँगको समझदारी पछि अव प्रधानमन्त्रीले नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका बामदेव गौतमसाग पनि समाजवादी मोर्चा निर्माणका विषयमा छलफल गर्न लागेका छन् । बामदेवको एकता अभियानलाई पनि समाजवादी मोर्चामा समेटने प्रधानमन्त्रीको योजना छ । वामदेवसँग आजै बेलुकीसम्म निर्णायक छलफल गर्नेर समाजवादी मोर्चामा आवद्द हुने घटक दलहरुका बीचमा एक चरण छलफल गरेर मोर्चा घोषणा गर्ने तयारी दलहरुको छ ।

‘प्रधानमन्त्रीले आजै बामदेव कमरेडसाग पनि एकचरण मोर्चा निर्माणका बारेमा छलफल गर्नुहुनेछ, त्यसपछि मोर्चामा आवद्ध हुने घटक दलहरुको बैठक बसेर मोर्चा घोषणाको टुग्गो लाग्नेछ,’ माओवादी केन्द्रका एक पदाधिकारीले भने ।

बामदेव गौतम एमालेमा ७० वर्षे उमेर हदको विद्यानको ब्यवस्था निलम्बनमा परेपछि एमालेमा फर्किने या बन्न लागेको समाजवादी मोर्चामा सहभागी हुने भन्ने दोधारमा छन् । उनलाई एमालेमा जान नदिई समाजवादी मोर्चामा ल्याउन प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्मर कसेर लागेका छन् । गौतम आफै भने के गर्ने भन्नेमा दुविधामा छन् ।

एमालेले ७० वर्षे उमेरहदको विधानको ब्यवस्थानिलम्बन गरेपनि ओलीसागको सहकार्य कति सहज होला भन्नेमा गौतम रहेका बेलामा प्रचण्ड र माधव नेपालले गौतमलाई फकाउने अन्तिक प्रयास गर्ने तयारी गरेका हुन् ।

गौतमसमेत आएमा प्रचण्ड, बाबुराम, माधव नेपाल, उपेन्द्र यादव, नेत्रविक्रम चन्द विप्लव र वामदेव गौतमसम्मका नेताहरुको एउटा मोर्चाब न्नेछ ।
संसदमा प्रतिनिधिसभामा यी दलहरुको मोर्चा नर्मिाण भएमा ५४ सिट हुनेछ । माओवादी केन्द्रका ३२, जसपाको १२ र एकीकृत समाजवादीको १० सिट प्रतिनिधिसभामा छ ।

संसदमा ५४ सिट हुादा सरकार निर्माणमा निर्णायक शक्ति हुने र यो शक्ति विना सरकार कसैले कमजोर बनाउन नसक्ने बुझाईमा यी दलहरु छन् । सरकारमै रहेको कांग्रेसलाई पनि दवावमा राख्न सकिने बुझाइृ उनीहरुको छ ।

सुरुमा मोर्चा निर्माण गर्ने र दीर्घकालमा छलफल अगाडी बढाउादै पार्टी एकतासम्म गर्ने योजनाका साथ मोर्चा निर्माण हुन लागेको हो । मोर्चा निर्माणका लागि मोर्चा घोषणाको मस्यौदा यी दलबाट प्रतिनिधित्व गरेका नेताहरुको कार्यदलले निर्माण गरिसकेको छ । कार्यदलमा माओवादीबाट कृष्णवहादुर महरा, जसपाबाट राजेन्द्र श्रेष्ठ, एकीक्ृत समाजवादीबाट प्रमेश हमाल, विप्लवको नेकपाबाट खडकवहादुर विश्वकर्मा र बाबुराम भट्टराईको बाट गंगानारायण श्रेष्ठ कार्यदलमा रहेका थिए । उनीहरुले मोर्चा घोषणाको मस्यौदा तयार पारिसकेका छन् ।

आलोपालो मोर्चाको नेतृत्व गर्ने गरी उनीहरुलेमोर्चाको घोषणाको मस्यौदा बनाएका छन् ।

एकीकृत समाजवादीले शुक्रवार बिहान नै बोलाएको पार्टी पदाधिकारी तथा सचिवालय बैठकबाट मोर्चामा सहभागी हुने बारेमा समझदारी बनाईसकेको छ । ‘यसका सैद्धान्तिक र व्यवहारिक दुवै पक्षहरुको बारेमा चर्चा गर्दै यसलाई अगाडि बढाउने पुरानो हाम्रो निर्णयलाई आज हामीले पुनः आन्तरिक रुपमा प्रमाणित गरेका छौं र एक प्रकारले सर्वसम्मतीले अनुमोदन गरेका छौं,’ नेकपा एसका प्रवक्ता समेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले भने।

प्रतिक्रिया