शनिबार, जेठ ५, २०८१

राष्ट्रियसभा अध्यक्षद्वारा माओत्सेलुङको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण

मेरोन्यूज २०८० जेठ ३० गते १४:५१

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओत्सेलुङको समाधि स्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । 

Advertisement

चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनाले मंगलबार बेइजिङस्थित माओत्सेलुङको समाधि स्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका उनको सचिवालयले जानकारी दिएको छ । 

नौ सदस्यीय संसदीय भ्रमण टोलीको नेतृत्व गर्दै चीन पुगेका अध्यक्ष तिमिल्सिनाले मंगलबार नै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (चाइनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स)का अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया