शुक्रबार, चैत १६, २०८०

डा.भट्टराई भन्छन् : पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ !

मेरोन्यूज २०८० जेठ २८ गते ७:१३

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठ्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा.प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्ति बस्नेत शनिबार एकै पटक पशुपतिनाथको मन्दिर पुगेपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईको यस्तो टिप्पणी आएको हो ।

प्रधानमन्त्रीसहित यति धेरै मन्त्रीहरू त्यसरी धार्मिक स्थलमा जाँदा राजनीतिक हुने टिप्पणी डा. भट्टराईले गरेका छन्।

‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन। त्यो उसको निजी आस्थाको कुरा हो,’ डा. भट्टराईले ट्वीट्रमा लेखेका छन्, ‘तर जब पूरै मन्त्रिमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ !’

डा. भट्टराईले आफ्नो ट्वीटको सुरुवातमा ‘नयॉ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’ ? भन्ने प्रश्न पनि गरेका छन् ।

Advertisement

प्रतिक्रिया