शुक्रबार, वैशाख ७, २०८१

बाघको छाला र हड्डीसहित चार जना पक्राउ

मेरोन्यूज २०८० जेठ २७ गते २०:४६

दाङ । जिल्लाबाट बाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका ७ का ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँका ४० वर्षीय आशाराम विक, २५ वर्षीय देवबहादुर बिक र रोल्पा माडी गाउँपालिका ३ का २८ वर्षीय अमलाल घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ९ को अमिलियामा बा २० प ९०७२ नम्बरको मोटरसाइकल खानतलासी गर्ने क्रममा शुक्रबार बिहान ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट ९ फिट ६ इञ्च लामो र ५ फिट १० इञ्च चौडाइ भएको बाघको छाला र १४१ वटा हड्डी (८ किलो ४३० ग्राम) बरामद गरिएको डीएसपी गौतमले बताए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया