शुक्रबार, चैत १६, २०८०

नुवाकोटमा करेण्ट लागेर युवकको मृत्यु

मेरोन्यूज २०८० जेठ २७ गते २०:१८

काठमाडौँ । नुवाकोटमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । तादी गाउँपालिका ४ ढाँडेमा रहेको शिवमन्दिरमा बिजुलीको तार वायरिङ गर्ने क्रममा करेण्ट लागेर एक जनाको मृत्यु भएको एक जना घाइते भएको प्रहरीको भनाइ छ ।

स्थानीय २१ वर्षीय सुमन तामाङको करेण्ट लागेर मृत्यु भएको हो । अर्का स्थानीय १८ वर्षीय सरोज मिजार घाइते भएको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ ।

तामाङको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली लगिएको छ ।

प्रतिक्रिया