शनिबार, वैशाख १५, २०८१

करेण्ट लागेर दुई जनाको मृत्यु

मेरोन्यूज २०८० जेठ २७ गते १८:१६

काठमाडौँ । मुगुको छायानाथ रारा नगरपालिका ४ भमबाडा बस्ने २२ वर्षीय सञ्जय भामको करेण्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित घट्टे खोलामा सोलारको ब्याट्रीबाट करेण्ट लगाएर माछा मार्ने क्रममा करेण्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मुगुमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, झापा शिवसताक्षी नगरपालिका ९ किराँत चोक बस्ने २३ वर्षीय निराजन सुब्बाको करेण्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको पंखा बनाउने क्रममा करेण्ट लागेर गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया