शुक्रबार, चैत १६, २०८०

मिटरब्याज पीडितसँग गृहमन्त्रीले भनेः प्रहरीले दुःख दिएको छ, मलाई भन्नुहोस्

मेरोन्यूज २०८० जेठ २७ गते १७:३२

महोत्तरी । जिल्लाको रामगोपालपुरमा नवनिर्मित वडा भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको समस्यामा नेतासमेत इमान्दारी नभएको आरोप लगाएका छन् ।

उनले कुरा गर्ने दिनको अन्त्य भएको बताउँदै जनतालाई जनप्रतिनिधि र नेताहरूले काम गरेर नतिजा देखाउने समय आएको भन्दै सजग हुन आग्रह गरे ।

मिटरब्याज पीडितहरूको समस्यालाई सरकारले प्रमुखताका साथ लिइरहेको बताउँदै उनले भने, ‘काइते कुरा गरेर कुनै पनि प्रहरीले पीडितलाई थप पीडा दिएको छ भने हामीलाइ उजुरी दिनुस्, हामी कारबाही गर्न तयार छौँ ।’

गृहमन्त्री श्रेष्ठले मधेसमा आउँदा राष्ट्रिय एकताको झल्को आउने गरेको सुनाए । उनले भने, ‘मधेसका श्रमिकहरूले जहिले पनि राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताको लागि आवाज उठाउने गर्दछन् ।

Advertisement

प्रतिक्रिया