शनिबार, वैशाख १५, २०८१

तेल उत्पादनमा कटौती गरेपछि अमेरिकालाई साउदीको धम्की

मेरोन्यूज २०८० जेठ २७ गते १५:२५

काठमाडौँ । तेल उत्पादन घटाउने विषयमा अमेरिका र साउदी अरेबिया पुनः आमनेसामने भएका छन् ।

मोहम्मद बिन सलमानले अमेरिकालाई तेल उत्पादनमा कटौती गरेकोमा साउदी अरेबियाबाट कुनै पनि प्रतिशोध सहने चेतावनी दिएका छन् । यसको आर्थिक परिणाम अमेरिकाले भोग्नु पर्ने उनको भनाइ थियो ।छ ।

अमेरिकी पत्रिका ‘वाशिंगटन पोस्ट’लाई प्राप्त दस्तावेजबाट यो खुलासा भएको हो । यद्यपि, मोहम्मद बिन सलमानले यो धम्की सीधै कुनै अमेरिकी अधिकारीलाई दिएका हुन् वा राजकुमारको जासुसीमा यो कुरा बाहिर आएको हो भन्ने पुष्टि हुन बाँकी रहेको छ ।

गत वर्ष, रुस–युक्रेन युद्धको बीचमा जब विश्वमा तेलको मूल्य आकाश छोएको थियो । त्यो बेला साउदीले तेल उत्पादन घटाएको थियो । यसको सबैभन्दा ठूलो असर अमेरिका र युरोपमा परेको थियो । यसप्रति असन्तुष्टि व्यक्त गर्दै बाइडेनले साउदीले यो कार्यको मार भोग्नु पर्ने बताएका थिए ।

तर, बाइडेन प्रशासनले केही गरेन । रिपोर्टमा भनिएको छ कि बाइडेनको यो धम्कीबाट रिसाएर मोहम्मद बिन सलमानले अमेरिकाले केही गरे आर्थिक परिणाम भोग्नु पर्ने बताएका थिए । एजेन्सी

प्रतिक्रिया