बिहीबार, चैत १५, २०८०

जुझारु साथीलाई हामीले अगाडि बढाउनु पर्छ : सभापति देउवा

मेरोन्यूज २०८० जेठ २७ गते १४:५१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकबद्ध हुन निर्देशन दिएका छन् ।

शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले प्रजातन्त्रलाई संकटमा आउन नदिन कांग्रेसलाई बलियो बनाउनु पर्ने बताए ।

‘हाम्रो पार्टी ऐतिहासिक पार्टी छ, ००७ सालदेखि लड्दै आएको पार्टी हो, यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पुर्याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ,’ उनले भने, ‘त्यति नै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ, प्रजातन्त्र स्थायी भएर जान्छ ।’

साथै, देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण गरे । उनले पार्टीमा योग्य, जुझारू र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको दाबी गरे ।

‘यदि, सहमति हुन सक्यो भने यी विचारहरू नहुने भन्ने होइन, तर त्यसका लागि समय लाग्दछ,’ उनले भने, ‘योग्य, जुझारु साथीहरूलाई हामीले अगाडि बढाउनु पर्छ, त्यसमा लाग्ने कुरा प्रतिबद्धता जनाउन चाहन्छु, हामी सबै एक भएर जाऊ ।’

Advertisement

प्रतिक्रिया