मंगलबार, जेठ १, २०८१

विवाहबारे बोलिन सोबिता गौतम

मैले मन पराएको प्रेमीसँग विवाह गरे, किन टिप्पणी ?

म माथी जुन आक्रामण भयो, यो क्षम्य हुदैन, जे मन लग्यो त्यो बोल्न पाइदैन, कानुनी उपचार खोज्छु

मेरोन्यूज २०८० जेठ २७ गते १२:३१

सोबिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद हुन् । काठमाडौं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित गौतम संसदमा प्रभावकारी आवाज उठाउने सिमित नेताहरुमा पर्छिन् । उनी प्रखर र प्रष्ट धारणा राख्न सक्ने नेतृमा पर्छिन् । उनी चुनाव जित्दै गर्दा पनि निक्कै चर्चामा थिइन् । कारण थियो, पूर्व सभामुख समेत रहेका ओनसरी घर्तीलाई चुनावमा पराजित भएर चुनाव जितेकी सांसद । त्यसमाथी काठमाडौं २ मा नयाँ दलका रुपमा चुनाव लडेको र राजनीतिमा समेत नयाँ अनुहार भएकीले पनि उनी चुनाव लड्दा र चुनाव जित्दा निक्कै चर्चामा थिइन् ।

Advertisement

त्यसयता संसदमा उनले खेलेको ओजिलो भूमिकाका कारण पनि उनी चर्चा बाहिर छैनन । यसैमा फेरि उनको जीवनमा अर्काे उतारचढाव आएको छ । त्यसले पनि उनी थप चर्चामा छिन् । उनले आफनो ४, ५ वर्ष देखिको प्रेमीसँग विवाहका कारण पनि उनी वेला चर्चामा छिन् । उनको विवाहलाई कतिपयले उनको ब्यक्तिगत जीवनसँग सम्वन्धित विषयमा उनीसँग कुनै सोधीखोजी नै नगरी नकारात्मक ढंगले पनि प्रचार गरिरहेका छन् । तर मान्छेका ब्यक्तिगत जीवनमा गरिएको टिप्पणीले भने उनको परिवारमा भने चोट परेको छ । सोबिताले ग्रिहेन्द्र घिमिरेसँग विवाह गरेकी थिइन् ।

विवाहपछि सोबिताले पहिलो पटक सञ्चारमाध्यमसँग विवाहका बारेमा वोलेकी छिन् । उनले आफनो ब्यक्तिगत जीवनमा केन्द्रीत रहेर मान्छेहरुले गरेका नकारात्मक आक्रमणको भने कानुनी उपचार खोज्ने बताएकी छिन् । नकारात्मक सोच राख्ने र समाजलाई नै नकारात्मक सन्देश प्रवाह गर्नेहरुलाई कानुनी कारवाहीको दायरामा लयाएर देशमा कानुन पनि छ, जसलाइ जे मन लाग्यो, त्यही कुरा बोल्न पाइदैन भनेर देखाउन पनि उनले आफ्नो प्राइभेट जीवनमा रहेर गरिएको आक्रमणको उपचार खोज्ने बताएकी छिन् ।

प्रस्तुत छ उनीसँग अन एयर विथ सन्जयमा सन्जय सिलवाल गुप्ताले गरेको लामो कुराकानी मध्ये विवाहको प्रसंग बारेको मुल अंश :-

० तपाईको जीन्दगीमा एउटो परिवर्तन (विवाह) आएको छ, त्यसका लागि धेरै धेरै बधाई छ ?
धन्यवाद ।

० माया भन्ने के रहेछ ?
समझदारी । र विथ आउट कन्डिसन तपाईले कोही मान्छेप्रति कुनै भावना राख्नुहुन्छ भने त्यही लभ हो । निशर्त हुन्छ । कुनै शर्त हुँदैन त्यसमा । तपाईको पोजिसनले कुनै फरक पदैन, तपाईको सम्पक्तिले केही अर्थ राख्दैन । तपाई के हो भन्ने ले अर्थ राख्दैन । तपाईको भावना बुझने, अनि तपाईको आफनो स्टान्र्ड, कोर भ्यालु हुन्छ नी, त्यसलाई रेक्स्पेक्ट गर्ने भयो भने त्यही नै माया हो ।

० बधाई छ फेरि पनि एकपटक ?
धन्यवाद ।

० आफनो प्राइभेट लाइभ पूर्णत: पब्लिक हुँदा खेरी साइकोलीकल चँही के हुँदो रहेछ ? साथीको रुपमा मात्र सोधे यो विषय

बोर हुन्छ नी । (हास्दै)

० दिमागमा के कुराहरु खेल्दो रहेछ ? के खेलिरहेको छ ?
होइन, हुन त केही पनि हुँदैन । त्यो आफनो जीवन हो । त्यो अकाट्य सत्य हो । जीवनमा जे छ, त्यो वास्तविकतामा छ भने त्यो अकाट्य सत्य हो । सवै मान्छेले थाहा पाएर पनि केही हुँदैन, नथाहा पाएर पनि केही हुँदैन । किन त्यो सत्य चीज हो । तर समाजलाई हेरेर, यो समाजले आफनो केही कुराले केही पनि असर पार्ने त हुदैन । तैपनि कस्तो छ भनेर देखिरहेको हुन्छ नी । किन यो नकारात्मक उर्जा आफुले लिनु भनेर प्राइभेट लाइफ पब्लिकमा ल्याउनु त्यक्ति मन लाग्दैन ।

मेरो विचार मान्छेको डिस्कसनको विषय बनोस्, तर मेरो ब्यक्तिगत जीवन मान्छेको बहसको विषय नबनोस् भन्ने जस्तो लाग्छ मलाई । आजमात्र होइन, पहिले देखि नै यस्तै सोच्थे म । मेरो ब्यक्तिगत जीवन प्रायः मेरै धेरै जना साथीहरुलाई पनि थाहा छैन । म के हो, कस्तो हो ? धेरै जनालाई थाहा छैन । मलाई भन्न पनि त्यस्तो सारो मन लाग्दैन । किन भने मेरो ब्यक्तिगत जीवन मेरो हो ।

० आजका दिनमा मान्छेले कुरा गरेको, घरपरिवारमा आमा–बुवाले के भनिरहनुभएको छ ?
त्यो त मैले फेस गर्न नै भ्याएको छैन । तपाईसँग यो अन्र्तवार्ता हुँदासम्म । एक्च्युल्ली त्यो समाचारमा कत्ति धेरै कुराहरु आएको छ । ती कुराहरु साँचो छैन खासमा । सबैले अनुमान गरेर लेखेका छन् । मलाई स्पष्टीकरण दिनुपर्छ भन्ने पनि लाग्दैन । किनभने, मेरो ब्यक्तिगत जीवन मेरो हो ।
तर, यो घटना सवै म जापान भएको बेलामा आयो । अनि मान्छेलाई मेरो बारेमा, अथवा मलाई कमजोर बनाउनका लागि अनेक मान्छेको रिस हुन्छ नी, के उनीहरुको उदेश्य हो, थाहा हुदैन । उनीहरुको इन्टेष्ट के हो थाहा छैन । म मात्र होइन, मेरो वुवा आमा, घर परिवार सबै छ । अझ विशेषगरी विवाहको सवन्धमा टिकाटिप्पणी आउँदा अस्ती भर्खर छोरीलाई विवाह गरेर पठाएको छ, आज यो खालको कमेन्ट आउँदा मेरो वुवाआमाको मन कति रोएको होला ? त्यो सम्झेर मलाई पीडा भयो खासमा । त्यो जसजसले कमेन्ट गरेका छन्, लेखेका छन्, उनीहरुको लागि थाहा छैन के हो ? दुई रुपैया बढी कमाई हुन्छ भन्ने हो ? अथवा यसलाई मैले तल झारे भन्ने हो ? त्यो मलाई थाहा छैन ।

उहाँहरुको एउटा घमण्ड त्यो पूरा होस्, भयो होला । उहाँहरुको इगो पूरा भयो होला, सन्तुष्ट हुनुभयो होला । तर त्यो कुराले मेरो आमालाई, वुवालाई र भाईलाई र मेरो परिवारमा कति असर परयो होला ? त्यो कसैले अनुमन नै लगाउन सक्दैन । उहाँहरुलाई कति गाह्रो भईरहेको होला । जहाँसम्म मेरो कुरा छ, म राजनीतिमा सवै कुराहरु सहन्छु, यो देश बनाउँछु जे सुकै होस्, म आफनो ठाँउबाट, गन्तब्यबाट टाढा हुन्न भनेर आएको मान्छे हुँ । मलाई यस्तो खालको भद्दा, निकृष्ट आलोचनाले धेरै फरक नपार्ला । म सवै कुरालाई स्वीकार गर्न तयार भएर आएको छु । तर मेरो वुवा आमाहरु त्यो तरिकाले तयार नहुन सक्नुहुन्छ । जसको गल्ती नै छैन, मेरो वुवाआमाको के गल्ती छ र ?

आफनो छोरी सांसद भएको एउटा तिरो तिर्नु पर्ने हो र ? मेरो वुवाआमाले यो । त्यो ज–जसले लेखेका छन्, उनीहरुका बाबुआमा छैनन् होला र ? मेरो आमाको हद्दय जति भाँचियो, मैले तिनीहरुलाई क्षमा गर्न सकुँला । बरु मलाई भन, मेरो ब्यक्तिगत कुराहरुलाई भन, तर ज–जसले त्यस्तो कुराहरु लेखेर, हाइलाइटमा ल्याएर, हुँदै नभएका कतिपय कथा बुनेर जे जे लेखेका छन्, मेरो आमाको मन रोएको छ । म तिनीहरुलाई क्षमा गर्न सक्दिन ।

एउटा कोट याद आउँछ क्या मलाई , हामीले भनिरहने, सुनिरहेको हो –जननी जन्मभूमिस्चः स्वर्गद्दवपी गरियसी । प्रायः हामीले नेपालको बारेमा सम्वोधन गर्दा यो कुराहरु प्रयोग गछौं । तर त्यसमा जननी पनि छ क्या । जननी जन्मभूमेच्च ।

आमा र मातृभूमि स्वर्ग भन्द प्यारो हुन्छ ।

म क्षमा गर्न सक्दिन । यो उथलपुथलले जे भयो नी, म त्यो अनुमान नै गर्न सक्दिन । मेरो आमाको मन कति भाचिएको छ भन्ने कुरा कतिले विर्से होलान्, अहिले । म प्रतिनिधिसभा सदस्य हुँ, मान्छेले विर्से होलान्, म अधिवक्ता पनि हुँ । आइ एम लोयर । नेपालमा कानुन पनि छ ।

मान्छेलाई जे मन लाग्यो, त्यो बोल्न पाइदैन । जे मन लाग्यो, त्यो लेख्छु भन्न पाइदैन । पोलिटिक्समा आउनु भन्दा अगाडी म कहिले कहिले यसो मिडियामा टिकटकमा कानुनसँग सम्वन्धित भिडियोहरु बनाउँथे । सूचनाका लागि । बेलाबेलामा आफनो समय फूर्सद निकाल्न सके भने त्यस्तो एक्टिभ त थिइन । तर बेला बेलामा म टिकटक बनाउँथे ।

एउटा घटना मलाई अहिले पनि याद छ,– मलाई एक जना मान्छेले जे पायो, त्यही कमेन्ट गरेको थियो टिकटकमा । टिकटकमा को हो भन्ने, कसो हो चिनिदैन भन्छन्, तर चिनिन्छ क्या । त्यो मान्छेले मलाई यति धेरै पीडा दियो, यो मान्छेले किन मलाई यति नकारात्मक टिप्पणी गरिरहेको छ ? म अधिवक्ता हुँदाको कुरा गरेको । जे पायो त्यही कमेन्ट गरेको छ, त्यसपछि मैले त्यो मान्छेको प्रोफाइल खोजे । भेटटाए । उसलाई मैले फेसबुकमा कल गरे । पुलिसमा गए एकैछिनमा पत्ता लागिहाल्छ, त्यो धेरै ठूलो कुरा होइन । तर मैले उसलाई सम्झाउँ भन्ने हिसावले मैले उसलाई कल गरे । कल उठेन, त्यसपछि मैले भ्वाइस म्यासेज पठाए । फोटो पनि खिचेर पठाए ।

के खिचेर पठाए भन्दा कानुनी कुराको ।

त्यो मान्छेको मैले प्रोफाइल हेरेर पत्ता लगाए भर्खर, त्यो भाई प्लस टु सकाएर सिए पढिरहेको रहेछ । सिए पढिरहेको मान्छे, उसले सोच्यो मैले लेखेर केही हुँदैन भनेर । तर उसले जे भनेर मुख छाडेको थियो, त यस्तो उस्तो भनेर कमेन्ट गरेको थियो, नराम्रो कमेन्ट गरेको थियो, मैले उसलाई यसरी कमेन्ट जथाभावी गर्दा कानुन अनुसार के कारवाही (सजाय) हुन्छ भनेर कानुनमा भएको ब्यवस्थाको फोटो खिचेर पठाईदिए ।

तिमिलाई लाग्ला नेपालमा कानुन छैन, तिमिलाई जे बोल्न पनि छुट छ, तर नर्विस म लोयर हुँ । तिमी भर्खर प्लस टु गरेर आएको मान्छे, पढिरहेको रहेछौं, तिमिलाई मैले यो कानुनका आधारमा केस गरे भने, तिमी जेल जानुपर्छ । तिमी जेल गयौं भने, तिमी भर्खर पढिरहेको मान्छे, म चाहान्न तिम्रो जीन्दगी विग्रोस् । ३ वर्ष तिमी जेलमा बसेर र्फिर्कदा तिम्रो मानसिकता त्यही ठाँउमा नहुन सक्छ । म चाहान्न तिम्रो जिन्दगी विग्रोस् । तिमी सच्च ।

जे मन लाग्यो, त्यो बोल्न पाइदैन । त्यसपछि उसले धेरै सरी दिदी भनेर लामो म्यासेज पठायो । यही कुरा हो क्या । ज–जसले मेरो आमाको मनलाई दुखाएको छ, रुवाएको छ म जापान हुँदा मेरो बुवाले भन्नुभएको म सम्झन्छु – तेरो यति धेरै कुराहरु आईरहेको छ, यो कुराले आमा मरी भने मलाई थाहा छैन मलाई के हुन्छ ? भन्नुभयो ।

यो लेवलसम्म पुरयाउने यो समाजलाई मैले सवै नोटडाउन गरेको छु । म एउटा पनि छोडदिन । एउटा कमेन्ट पनि छोडदिन, एउटा भिडियो पनि छोडदिन । यो देशमा कानुन छ । कानुन अनुसार कारवाही गर्नपर्छ । अरु मेरो केही छैन ।

त्यो कुराले म कमजोर भएको छैन, यदि म गलत छु भने कानुनको दायराभित्र म पनि जानुपर्छ । तर म सही छु भने यो समाजलाई सत्य पनि के हो थाहा नभई एउटा मिडियाले लेखेको भरमा जे पनि भन्ने छुट छैन ।

ठ्याक्कै भयो के भने, समाचार आयो, समाचार आएपछि १५/ २० जना मान्छेले नकारात्मक कुरा लेखे, त्यो १५/ २० जनाले लेखेको नेगोटिभ कुरा सय जनाले सेयर गरे, सय जनाले सेयर गरेपछि त्यो पुग्यो, ३० औं, २५ औं हजारका बीचमा । अनि त्यही कुरा सत्य भएर रह्यो ।

तर यो ३० औं, ५० औं हजार मान्छे नै यो कुरामा इन्गेज छन्, आफनो ओपनियनहरु दिएका छन्, समाचारका आधारमा ।

म त बोलेकै छैन, आज तपाईको यो कार्यक्रममा पहिलो पटक बोल्दैछु । समाचारका आधारमा म सँग नसोधीकन, मैले सत्य के हो भनेर नभनीकन मान्छेले यत्ति धेरै लामो कुरा गरेर, कथा बुनेर, यति धेरै चरित्रहत्या गरेका छन्, सवै कानुनको दायरामा आउनुपर्छ ।
म यो कुरामा एकदम फोकस छु ।

० मेन्टल हेल्थ के छ ?
तपाई पत्याउनु हुन्न होला, मैले यो मोवाइलमा पछिल्लो समय त्यो समाचारहरु आईसकेपछि मैले ट्वीटर डिलेट नै गरिदिए । फ्यालिदिए । त्यो कहिले राम्रो पनि हुन्छ, कहिले ट्कसिट पनि हुन्छ । अट्याकको सवालमा ट्वीटर नेपालमा यस्तो धेरै बौद्दिक दरिद्रता छ नी । फेक प्रोफाइल बनाएर, एकदम बौद्दिक मान्छेहरुले अट्याक गर्नुपरेमा हो प्रयोग गर्छ ।

राम्रो मान्छेहरु पनि छन्, फेरि नभएका होइनन । अनि मान्छेको बौद्रिक दरिद्रता यतिसम्म निकृष्ट हुन्छ की मैले यो घटनाबाट थाहा पाए । मैले के गरेको हो र ? मैले विवाह न गरेको हो । मैले कुन चँही अपराध गरेको हो र ?

मैले विवाह गरेको हो, त्यो पनि मैले मन पराएको मेरो प्रेमीसँग । जो सँग म ४/५ वर्ष देखि प्रेममा थिए । त्यो मान्छेसँग मैले विवाह त गरेको हो नी । अनि मेरो विवाहको सवालमा यतिविघन टिकाटिप्पणी गरेर मान्छेलाई अट्याक गर्नुपर्ने ?

अहिले अट्याक गर्ने तरिका परिवर्तन हुँदै आएको छ क्या । पहिला पहिला मान्छेले चक्कु, हान्थ्यो, गोली हान्थ्यो, अहिले मान्छेले शब्दले हान्छ । तर यो क्षम्य छैन । विभिन्न देशमा बस्ने, नेपालमै बस्ने, सोसल मिडिायामा फेस हुदैन, अनि जे मन लग्छ त्यही कमेन्ट गर्ने ? त्यो कमेन्ट गदै गर्दा तिनले पनि सम्झेनन् होला, उनीहरुका पनि आमा बाबु छन् । उनीहरुका पनि छोराछोरी , दिदीबहिनी होलान् । सम्झेनन् होला ।

तर सम्झाउनु पर्ने छ । जे मन लग्यो त्यही बोल्न पाइदैन । त्यो पनि अर्काको विवाहको सवालमा । मेरो विचारको सवालमा त्यो वहस हुन्थ्यो भने ठिकै छ, मलाई त्यसमा फरक पदैनथ्यो । तर अर्काको विवाहको सवालमा त्यसरी कमेन्ट गरेको मलाई चित्त बुझेन । म ठिक छु, तर मेरो परिवारलाई जुन किसिमको विरामी यो समाजले बनाएको छ, त्यसको हिसाव किताव गर्नुपर्छ ।

त्यो सबैले गर्नुपर्छ । यो क्षम्य छैन, यसरी समाज बन्दैन ।

प्रायः पोलिटिक्समा आएको सवै मान्छे मेन्टली जे सुकै सह्ने भनेर आएको हुन्छ । म जे सकुै परेपनि मेरो आफनो मानसिक सन्तुलनलाई डिस्टर्व हुन दिन्न भनेर आएको हु । आफुले कुनै निर्णय गरिसकेको छ भने त्यो निर्णयले जस्तोसुकै नतिजा ल्याओस्, त्यसको भागिदार हुन तयार हुनुपर्छ । त्यसैले पोलिटिक्समा आएको प्रायः मान्छेहरु आफनो गल्ती छ, जे भएको छ, त्यसमा तयार हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
त्यो बाहेक जुन यो समाजले एक किसिमको आक्रामण गर्छ नी, त्यो आक्रमणले मान्छेको काहाँसम्म हान्छ भन्ने मान्छेले कल्पना गर्न सकिएको छैन । मान्छेलाई मरु कि क्या हो ? बनाईदिने ?

सबैको मुटु उत्तिकै हुदैन नी । जस्तो यो मलाई जे अट्याक भयो, यसमा म स्टोङ छु । म डिल गर्न तयार छु । कसैले हिम्मत छ भने अगाडी आएर मलाई भनोस्, पछाडी कुरा गरेर मलाई खास फरक पदैन । तर यो घटनामा म सँग सम्वन्धित भएको कोही मान्छेले पनि गलत कदम चालेको भए, अथवा चाल्यो भने स्टिल यो सेलाईसकेको छैन, किनभने यो समाज त्यस्तै छ, उचाल्नका लागि । त्यसो भयो भने यसको दोषी को हुन्छ ?

मान्छेलाई एक सेकेन्ड लाग्छ क्या सुसाइड एण्ड थर्ट आउनका लागि । मान्छेले बोल्दै गर्दा मैले बोलेको कुराले त्यो सम्वन्धित मान्छेलाई के असर पर्छ ? भनेर सोच्नु पदैन ? मलाई कमेन्टहरु आउँछ क्या फेसवुकमा । फेसवुक होल्ड गरिरहेको छु । एउटा पढिरहेको विद्यार्थी बहिनिले रयान्डम कमेन्ट गरेको छ, समाचारहरुमा जस्तै । मैले उसको प्रोफाइल हेरे, पढिरहेको छ ब्याचलर सेकड ÷थर्ड एयरतिर पढिरहेको छ क्याम्पसमा । मैले अव केस गर्नेवाला छु, उसलाई थाहा पनि छैन होला उसको जीवन के हुनेवाला छ भनेर ।

० यो सुनेर उसले माइन्ड चेन्ज गर्छ की ?

यो समाजलाई पनि सिकाउनु पर्ने, सन्देश दिँदै जानुपर्ने भएको छ । नेपालमा कानुन छ, कानुन फलो गर, कानुन लाग्छ भन्ने कुरा सिकाउनु पर्ने छ । सिकाउने दौरानमा ज जसले यस्तो निर्णय गर्नुभएको छ, उहाँहरु यो कानुनको दायराभित्र आउनैपर्छ । म गलत छु भने म पनि त्यो सजायको भागिदार बन्नुपर्छ । मलाई पनि कानुनले छोडदैन । तर म माथी जुन आक्रामण भयो, यो क्षम्य हुदैन । र जे मन लग्यो त्यो बोल्न पाइदैन ।

० आमा बाबुसँग भेटघाट भयो ?
छैन । अव यो पछाडी म जाँदैछु ।

० आमासँग कुराकानी त भयो ?
कुरा भयो । यस्तो आतुर हुनुहुन्छ । छिटो आइज न छिटो आइज भन्नुहुन्छ । हिजो हामीकहाँ पाहुनाहरु आउनु भएको थियो, हामी नै उता गएपछि पाहुनालाई फेरि गाह्रो होला भनेर हामी हिजो गएनौं, तर कति खेर देख्न मन लागिरहेको छ छोरीलाई भन्नुभएको छ ।

० विवाह जीवनको फरक पाटो पनि हो नी ? होइन र ?
मलाई खास फरक पदैन । मैले जे निर्णय गरेको छु, जो ब्यक्ति छानेको छु, कथा काहानीतिर नजाऊ , तर जो ब्यक्ति छानेको छु, सोबितालाई सोबिता बनाउनका लागि मद्दत गर्ने मान्छे हो । मेरो एउटा स्वाभिमान छ । त्यो स्वाभिमानसँग सधै मान्छे कन्फटेवल भएर बस्न सक्दैन क्या । मेरो यो स्वाभिमानलाई सम्मान गर्ने मान्छे हो । स्वाभिमानलाई सम्मान गरयो भने वरु खान नपुगे केही हुदैन, लाउन नपाए केही हुँदैन । तर निर्धक्कसँग शिर ठाडो गरेर बाच्न सक्नुपर्छ । त्यो वातावरण बनाईदिनुपर्छ । त्यो वातावरण बनाउने मान्छे मेरो श्रीमान । त्यक्ति भए पुग्छ । मलाई केही फरक पदैन । तर यो सवै कुराहरुले मेरो सवालमा समाचार बनाउँदै गर्दा मेरो विचारका बारेमा समाचार बनाउन पाउँछ समाजले । तर मेरो ब्यक्तिगत जीवनको बारेमा समाचार बनाउँदा मलाई सोध्नुपर्छ भन्ने मेरो मान्यता हो ।

यी सवै कुराहरुले मेरो वुवा, आमा, परिवार, मेरो आफन्त, मरो वुढा भएका हजुरवा हजुरआमा, मेरो दिदी कति उहाँहरुले आशु चुकाउनु भएको छ, यो मूल्य कसले तिर्नपर्ने हो तिर्नु पर्छ । यो सन्देश दिनु पनि पर्छ समाजलाइ। जे मन लाग्यो, त्यही फेसवुक, ट्वीटर, टिकटक हो भनेर छुट पाइँदैन । लेख्न मिल्दैन । समाजमा कानुन छ, आफनो अनुशासन आफैले मेन्टेन गर्नुपर्छ । एउटा निष्ठावान जीवन बाँच्ने हो भने अनुशासित भएर जीवन बाँच्नुपर्छ ।

बुद्दले पनि बुद्दत्व निक्कै पछाडी त्याग तपस्या गरेर प्राप्त गरेको हो । मान्छेले जीवनमा सिक्न पाउँछ, सिकेर आफनो जीवनलाई नैतिक जीवन जिउन सक्छ । नैतिक बनाउन सक्छ आफनो जीवनलाई । तर त्यो भन्दै गर्दा टिकाटिप्पणी र यो नकारात्मक उर्जाले जसरी अट्याक भएको छ, यो अट्याक क्षम्य हँदैन । सवैलाई कानुनको दायरमा ल्याउनुपर्छ । म सदनमा छु, नेपालमा साइबर ब्यूरो त्यक्ति धेरै राम्रो छैन भन्ने धेरैले गुनासो गरेको सुनेको छु । म यसलाई के रहेछ ? अनुभव गर्छु । गृहमन्त्री पनि त्यही हुनुहुन्छ, म प्रश्न सोध्छु । रैन रैछ भने त्यो सँग सम्वन्धित कानुन बनाउनका लागि पहल गर्छु । सोभिताको परिवारलाई जे परयो, भोलि त्यो अरुको परिवारलाई नपरोस् । अरुका छोरीहरुलाई भोलि त्यो नपरोस् ।
अरुका वुवाआमाले आशुका मूल्य चुकाउनु नपरोस् ।

(अन एयर विथ सन्जयमा सन्जय सिलवाल गुप्तासँगको सोबिताले गरेको कुराकानीमा विवाहका बारेमा गरिएको कुराकानीबाट साभार )

०००

प्रतिक्रिया