शुक्रबार, वैशाख ७, २०८१

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिका लागि दरखास्त आह्वान

मेरोन्यूज २०८० जेठ २६ गते २०:३४

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सात दिनको समय दिएर दरखास्त आह्वान गरेको हो ।

यस्तै, उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन भएको छ । प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति अध्यक्षतमा दुई सदस्यीय सर्च कमिटी गठन गरेका हुन् ।

उक्त कमिटीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति सिफारिस गर्ने छ । इच्छुक व्यक्तिले सात दिनभित्र मन्त्रालयमै वा इमेल ठेगानामा आवेदन दिन सक्ने छन् ।

निवेदनसँगै विस्तृत कार्ययोजना, अनुभव खुल्ने व्यक्तिगत विवरण, काउन्सिलको दर्ता तथा नविकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, शैक्षिक योग्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी पेश गर्नु पर्ने छ ।

प्रतिक्रिया