शुक्रबार, चैत १६, २०८०

रामायण फिल्म बन्दैः रामसीताको भूमिकामा रणवीर- आलिया, रावणको भूमिकामा यश

मेरोन्यूज २०८० जेठ २६ गते १२:३९

निर्देशक नितेश तिवारी पनि हिन्दू महाकाव्य रामायणमा फिल्म बनाउन लागेका छन् । मिडिया रिपोर्टका अनुसार तिवारीले यस फिल्ममा दीपिका पादुकोणको सट्टा आलिया भट्टलाई कास्ट गर्ने निर्णय गरेका छन् ।

फिल्ममा आलिया र रणवीर कपुर मुख्य भूमिकामा रहनेछन् । योसँगै केजीएफ अभिनेता नवीन कुमार गौडालाई रावणको भूमिकाका लागि छनोट गर्न सक्ने अनुमान गरिएको छ । तर, अहिलेसम्म यी कलाकारको नाम पुष्टि भने भएको छैन ।

पहिले तमिल अभिनेत्री साई पल्लवीले फिल्ममा सीताको भूमिका निभाउन सक्ने अनुमान गरिएको थियो । तर, पछिल्लो दिन आलियालाई निर्देशक तिवारीको अफिसमा आउने जाने गरेको देखिएपछि उनलाई नै फाइनल गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया