शुक्रबार, वैशाख १४, २०८१

करेन्ट लागेर सहचालकको मृत्यु

मेरोन्यूज २०८० जेठ २५ गते २०:१३

ललितपुर । जिल्लाको गोदावारी नगरपालिका ८ डुकुछापस्थित बाग्मती प्रदेश ०३–००१ प २२०८ नम्बरको ट्रकले डोजर लिई जाँदै गर्दा सडकमा लत्रेको तार डोजरमाथि चढेर हटाउने क्रममा करेन्ट लागेर सोही ट्रकका सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौँ साँखु बस्ने ३३ वर्षीय सुमित मान बुढाथोकी रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया