शुक्रबार, वैशाख १४, २०८१

एसियन कप छनोट: नेपालको दोस्रो हार हुँदा चीन विजयी

मेरोन्यूज २०८० जेठ २५ गते १९:१३

काठमाडौँ । एएफसी यु २० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल चीनसँग पराजित भएको छ ।

म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०-५ गोलअन्तरले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो ।

यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ०-५ गोलअन्तरले नै पराजित भएको थियो । आज खेलको १६ औँ मिनेटमा ओउयाङ युहयानले गोल गर्दै चीनलाई सुरुआती अग्रता दिलाइन् ।

त्यस्तै, होउ युसीले खेलको २६ औँ मिनेटमा गोल गर्दै चीनको अग्रता दोब्बर बनाइन् । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा चीनले दुई गोल थप्यो ।

चीनकी यिनली होङ र लु जुआयुले एक एक गोल थपे । त्यसपछि खेलको ८९ औँ मिनेटमा यु जियाकीले गोल गर्दै चीनलाई ५-० को जित दिलाए ।

यस जितसँगै चीनले छ अंक जोडेको छ । चीनले पहिलो खेलमा चाइनिज ताइपेलाई १-० गोलअन्तरले पराजित गरेको थियो ।

अब नेपालले छनोट चरणको अन्तिम खेल यही जेठ २७ गते चाइनिज ताइपेसँग खेल्नेछ ।

प्रतिक्रिया