शुक्रबार, वैशाख १४, २०८१

रहेनन् मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह

मेरोन्यूज २०८० जेठ २५ गते ९:५६

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।

झण्डै दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीमा बिहीबार बिहान उपचारको क्रममा निधन भएको प्रतिष्ठानका राजिष्टार विनोद यादवले जानकारी दिए ।

काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली लगिएको थियो ।

साह नशा तथा हाडजोर्नी रोग विशेषज्ञ थिए ।

प्रतिक्रिया