सोमबार, जेठ ७, २०८१

२८ जेठभित्र छात्रवृत्ति उपलब्ध नगराए विद्यालयको स्वीकृति रद्द गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी

मेरोन्यूज २०८० जेठ २३ गते ९:३४

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको स्वीकृति रघ गर्ने चेतावनी दिएको छ ।

Advertisement

महानगरले नियमअनुसार छात्रवृत्ति प्रदान नगर्ने विद्यालयको सूची सार्वजनिक गर्दै २८ जेठसम्म छात्रवृत्ति उपलब्ध गराएको विवरण नपठाए काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनी दिएको हो ।

काठमाडौं महानगरपालिकाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो।

त्यसअनुसारको विवरण पेश नगर्ने ३४२ वटा विद्यालयको सूची महानगरले प्रकाशित गरेको हो ।

ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ।

जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया