संघीय संसद्का दुवै सदनमा बजेटमाथि छलफल सुरु हुने

काठमाडौं। सरकारको प्रस्तुत गरेको आर्थिक वर्षको बजेटमा छलफल गर्न संघीय संसद्का दुवै सदनका् बैठक बोलाइएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेगरी आह्वान भएको छ ।
बैठकमा सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि छलफल तथा बहस सुरू हुनेछ ।
छलफल हिजोबाट सुरु गर्ने गरी बैठक बोलाइएको भए पनि बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरुद्ध गरेपछि छलफल नै सुरु नभई आजसम्मका लागि स्थगित गरिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा बंगलादेशसम्म सीमा पहुँचका लागि नेपाली भूमि कालापानी साटफेर गरेर सीमा विवाद मिलाउन सकिने अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिलाई लिएर एमालेलगायतका दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद् बैठक अवरुद्ध गरेका थिए ।
प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद सुचारु गर्न नदिएपछि आधा घन्टाका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको थियो । सहमति खोज्नका लागि स्थगित भएको बैठक सहमति जुटन नसके पछि आज बिहान ११ बजे बस्नेगरी बोलाएर हिजोका लागि स्थगित गरिएको थियो ।
राष्ट्रिय सभा बैठक भने सुचारु भई शोक प्रस्ताव पारित गरे पनि त्यसपछि बैठक अघि बढन सकेन । प्रतिपक्ष दलले अवरोध गरेपछि आधा घन्टाका लागि स्थगित बैठक सुचारु हुन सकेन । तयसपछि अध्यक्ष गणेश तिमिल्सिनाले आज दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।
प्रतिक्रिया